१ कार्तिक २०८३, आइतबार

विश्वकप छनोटमा दुई गोलको अग्रता जोगाउन नसक्दा अष्ट्रेलिया रोकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अष्ट्रेलिया विश्वकप छनोटमा ओमानसँग बराबरीमा रोकिएको छ ।

अष्ट्रेलिया ओमानसँग २–२ गोलको बराबरी रोकिएको हो । अष्ट्रेलियाका जेमी म्याकलरेन र एरोन मुईले गोल गर्दा अब्दुल्लाह फावाजले दुवै गोल गर्दै ओमानको हार टारे । जेमी म्याकलरेनको पेनाल्टी गोलबाट अष्ट्रेलियाले १५औं मिनेटमा अग्रता लिएको थियो । ५४औं मिनेटमा ओमानका अब्दुल्लाह फावाजले बराबरी गोल फर्काए ।

यो बराबरीले अष्ट्रेलियालाई विश्वकपमा सोझै छनोट हुने सम्भावनामा धक्का लागेको छ । अब अष्ट्रेलियाले छनोटको अन्तिम दुई खेलमा जापान र साउदी अरेबियासँग नै खेल्न बाँकी छ ।