८ कार्तिक २०८३, आइतबार

बिलविनाको १३ केजी चाँदीसहित फर्पिङबाट एक जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । बिलविनाको १३ केजी चाँदीसहित काठमाडौंको फर्पिङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह छन् उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको बताएको छ ।