शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पुटिनका मानिसलाई प्रतिबन्ध लगाउने अमेरिकाले दोहोर्‍यायो चेतावनी

दैनिक नेपाल २०७८ माघ १८ गते ७:५६

मस्को, १८ माघ । रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दोहोर्याएको छ ।

‘हामीले पहिचान गरेका व्यक्तिहरू क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरूले सरकारको निर्णयमा भूमिका खेल्छन्,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् ।

उनले अगाडि भनिन्, ‘रसियाका इलाईट र उनीहरूका परिवारका सदस्यहरूका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं ।’ युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ ।

रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरूले अनुमान गरेका छन् ।

अमेरिकाले युक्रेनमाथि हमला भएर रसियामा मानिसहरूसहित अन्य धेरै कुरामा प्रतिबन्ध लगाउने चेतावनी यसअघि पनि दिँदै आएको छ । त्यसो त युक्रेनमा हमला भए पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने बाइडनले यसअघि नै चेतावनी दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित