
काठमाडौं, १८ माघ । ‘हेर्ने हो र देखाइदिम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी मोडल जिशु कोइरालाले फेरी आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यवको स्वर सुन्न सकिन्छ । सुजन कँडेलको शब्द रहेको यस गीतमा संगीत रामकुमार रिमालको संगीत छ । नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल जिशु कोईराला बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ । मिलन बिश्वकर्माले सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो ।















प्रतिक्रिया