२ कार्तिक २०८३, सोमबार

हिट पूर्वेली भाका ‘सिंगौरी’को सिक्वेल ‘सिंगौरी–४’ भिडियोसहित सार्वजनिक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि ‘सिंगौरी–२’ निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो ।

त्यसपछि ‘सिंगौरी–३’ हुदै अहिले ‘सिंगौरी–४’ निर्माण गरेका छन् । ‘सिंगौरी–४’ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका छन् ।

करिब २०० भन्दा बढी म्युजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले यसपाली भने निर्देशनको जिम्मा बरिस्ट नृत्य निर्देशक कमल राईलाइ सुम्पिदै आफु भने नायिका केकी अधिकारीसँग अनस्क्रिनन रोमान्स गरेका छन् ।

त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको गीतमा छिरिङ्ग शेर्पाको श्रंगार तथा केश विन्यास, सुक्निता चौलागाइको ड्रेस, सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत, नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाईके फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।