शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कोभिड खोपको विरोधमा दोस्रो दिन पनि राजधानी ओटावा ठप्प

दैनिक नेपाल २०७८ माघ १७ गते ८:३२

क्यानडा, १७ माघ । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ ।

राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएको बीबीसीले जनाएको छ । उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको समाचारमा उल्लेख छ ।

रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू ‘निन्दनीयभन्दा पनि माथि’ भएको प्रतिक्रिया दिएकी छिन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई ‘अपवित्र’ पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको हो ।

त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको ‘धम्की’ र गरिएको ‘धम्कीपूर्ण व्यवहार’को पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित