शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अफ्रिका कप अफ नेसन्स : सेनेगल र इजिप्ट सेमिफाइनलमा

दैनिक नेपाल २०७८ माघ १७ गते ८:२६

काठमाडौं, १७ माघ । सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेका छन् ।

हिजो आइतबार भएको खेलमा यी दुई वटा टोली सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजक क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगेका हुन् ।

आइतबार राती सेनेगलले गिनीलाई ३–१ ले पराजित गरेको हो । इजिप्टले मोरोक्कोलाई २–१ ले पराजित गरेको छ । इजिप्टले ९० मिनेटको निर्धारित समयपछि अतिरिक्त ३० मिनेटमा जित पायो ।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित