
काठमाडौँ, १६ माघ । राजस्व छली मुद्दामा उमाशंकर रायभार २५ हजार रुपैयाँ धरौटी तिरेर आइतबार रिहा भएका छन् ।
उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका उनलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न शुक्रबार आदेश जारी गरेको थियो ।
आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।
वि. सं. २०७७ फागुन १७ गते उच्च अदालतले रायभारसँग ७५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर उनी तोकिएको रकम तिर्न सकेपछि नख्खु कारागार चलान भएका थिए ।
रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । यद्यपि उनले आफ्नो नागरिकता दुरुपयोग गरेर आफूलाई फसाइएको बताएका छन् ।












प्रतिक्रिया