
काठमाडौं, १६ माघ । सवारी दुर्घटनामा परी सर्लाही र धनुषामा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सर्लाहीको हरिवन नगरपालिका–४ स्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय रामबली रामको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–१८ महुवास्थित सडकमा ज. ११ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका–१३ बिजलपुरा तीन नम्बर टोल बस्ने २६ वर्षीय संजय राउत र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय बीरेन्द्र दासको घट्नास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।















प्रतिक्रिया