२ कार्तिक २०८३, सोमबार

व्यङ्ग्यकार लुँइटेललाई भैरव पुरस्कार, ग्वंगलाई वाङ्मय र भौकाजीलाई प्रतिभा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको नामसार्वजनिक गरेको छ ।

जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ ।

१ लाख १ हजार १११ रुपैयाँ राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले बताए ।

त्यस्तै ५५ हजार ५५५ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहनु भएको समिति बनाएको थियो ।

कोभिड–१९ को कहर कम हुने बित्तिकै औपचारिक कार्यक्रम गरी यी पुरस्कारहरू प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।