सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुग्यो क्यामरुन

दैनिक नेपाल २०७८ माघ १६ गते ८:००

काठमाडौं, १६ माघ । क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमामा पुगेको छ ।

घरेलु टोली क्यामरुनले गाम्वियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकम्वीले दोस्रो हाफमा ७ मिनेटको अन्तरमा गरेका थिए ।

डोउएलामा शनिबार राति भएको खेलमा घरेलु टोलीले सुरुवातदेखि नै गाम्वियालाई दवावमा राखे पनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

यस्तै अर्को क्वाटरफाइनलमा बुर्किना फासोले ट्युनिसियालाई १–० ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोको जितमा डंगो आउटाराले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो ।

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल अन्तर्गत आज राति अन्तिम दुई क्वाटरफाइनलमा प्रतिस्पर्धा हुँदैछ । इजिप्ट र मोरोक्कोले राति ८ः४५ मा प्रतिस्पर्धा गर्दा सेनेगल र इक्वेटोरियल गिनियाले राति १२ः४५ बजे खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित