१९ कार्तिक २०८३, बिहिबार

माघ १६ गते बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १५ माघ । माघ १६ गते आइतबारका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ ।

कोरोनाभाइरस संक्रमणको महामारीको जोखिमका कारण बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’