सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

माेरिससमाथि नेपालको जीत

दैनिक नेपाल २०७८ माघ १५ गते १९:३१

काठमाडौँ, १५ माघ । नेपालले मोरिससलाई १–० ले पराजित गरेको छ ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका विमल घर्ती मगरले गरेको एक मात्र गोलको अन्तरले नेपाल विजयी बनेको हो ।

विमल २६ महिनापछि राष्ट्रिय टिममा फर्केका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा दिएको अवसरलाई सदुपयोग गरे । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाए ।

अर्को मैत्रीपूर्ण खेल मंगलबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित