सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

सीमित दर्शकको उपस्थितिबीच नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदै

दैनिक नेपाल २०७८ माघ १५ गते ९:२९

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल साँझ पौने पाँच बजे दशरथ रङ्गशालामा शुरू हुने छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् । सीमित दर्शकको उपस्थितिमा खेल खेलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सीमित दर्शक राख्न मात्रै स्वीकृति दिएको छ ।

दुई वटा मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टीम अहिले नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीको भनाइ छ ।

त्यस्तै मरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्ने छ । खेलको अघिल्लो दिन हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मरिसससँगका दुई मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । अर्को खेल आगामी मङ्गलबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित