सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

आहा रारा गोल्डकपको उपाधिका लागि आज मनाङ र एपीएफ भीड्दै

दैनिक नेपाल २०७८ माघ १५ गते ९:२२

काठमाडौं, १५ माघ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भीड्दैछन् ।

पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे शुरू हुने छ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्ने छ ।

२०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो । विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

गएको ६ गतेदेखि शुरू भएको प्रतियोगितामा आयोजक सहारा क्लबसहित १० टोली सहभागी थिए । आहा रारा गोल्ड कप मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ ।

आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।

प्रतिक्रिया
सम्बन्धित