८ कार्तिक २०८३, आइतबार

आजदेखि मौसममा केही सुधार आए पनि पानी नपरी मौसम सफा नहुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । केही दिनयता धुम्मिएको मौसममा आजदेखि केही सुधार आउने पूर्वानुमान गरिएको छ ।

न्यून चापीय प्रणालीको प्रभाव हिजो शुक्रबारदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन अझैलाग्ने छ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको बताइएको छ ।

काठमाडौंसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्ने छ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने महाशाखाको पूर्वानुमान छ ।