
गौरादह, १५ माघ । हुर्किसेकेका मुटुसमान आफ्नो दुई जना सन्तानलाई बिचल्ली पारेर एक जना आमा फरार भएकी छिन् ।
श्रीमती र सन्तानका लागि विदेशी भूमिमा पुगेर रगतपसिना बगाएर श्रीमानले कमाएको ८६ लाख रुपैयाँ लिएर उनी फरार भएकी छिन् ।
मिठो खाने राम्रो लगाउने अनि परिवारलाई सुख सयलमा राख्ने आशा बोकेर दिनहुँ लाखौं युवाहरु वैदेशिक यात्रामा हेमिने गर्छन् तर के गर्नु विडम्बना त्यही परिवारको साथ र सहयोग नहुँदा अनेकन समस्या झेल्दै विचल्ली बन्न बाध्य छन् कैयन युवाहरू ।
यस्तै नियतिको शिकार भएका छन् झापा गौरादहका गणेश श्रेष्ठ । उनीहरुको विवाह भएको ११ वर्ष भयो, आफूले कमाएर श्रीमतीको विश्वास गरेर पठाएको रकम अनि सम्पत्ति लिएर श्रीमती नै फरर भएकी छिन् ।
यतिखेर झापा गौरादहका गणेश श्रेष्ठ मिडियाको सहारा लिन आइपुगेका छन् । उनले विदेशमा छँदा श्रीमती यमुना उर्फ अस्मिता श्रेष्ठलाई रकम पठाउने गर्दथे ।
त्यही विश्वासलाई उनकी श्रीमतीले तोडिदिएकी हुन् । उनकी श्रीमतीले यतिका वर्ष कमाएको रकम ८६ लाख लिएर फरार भएकी छिन् । अहिले अस्मिता कहाँ छिन् अत्तोपत्तो छैन । उनीहरुको २ सन्तान रहेका छन्, जेठो सन्तानको रुपमा ८ वर्षकी छोरी र ५ वर्षको छोरा छन् ।
आमा फरार भएपछि ती दुई सन्तानको बिचल्ली भएको छ भने श्रीमान घर न घाटको बनेका छन् । कमाएको सम्पूर्ण सम्पत्तिसहित श्रीमती फरार भएपछि अहिले उनी समस्यामा परेका छन् ।















प्रतिक्रिया