
काठमाडौं, १४ माघ । वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ ।
घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ ।
यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको । उनी अहिले दक्षिण कोरियामा छन । उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ वर्ष पुगेको छ ।
५ वर्षअघि पुष्पबहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका हुन् । दुवैको परिवार खुशी नै थिए ।
तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहीन भएको २ महिना भएको छ । ५ वर्षीय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन् थाहा पत्तो छैन । पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् ।
पुरानो डेरा सारेपछि उनी ललितपुरको ठैबमा डेरा गरी बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा ।
पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चिन्तामा छन । उनका आफन्त चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए ।
उनले फोनमा अन्य परपुरुषसंग बोलेको देखेपछि र स्वयं उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन । श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन ।
त्यसपघि रमिनाले आफ्नो श्रीमान पुष्पसँग माफि मागिन । माफि पनि दिए तर पटक पटक आफुसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेकी थिइन् । पुष्प पीडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको समस्या समाधान गर्न पटक पटक भनिरहन्थे । पुष्प आफ्नो श्रीमतीको टचरकै कारण आत्माहत्या गर्नसम्म पुग्नै लागेका थिए ।
ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौं रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन् । उनीहरुबीच विवाद हुँदै गयो । रमिनाले निर्धक्कसँग म्यासेन्जरमा स्क्रिन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउथिन् ।
रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँस्न बारम्बार भनेकी समेत पुष्पले बताए ।
पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनी केही भएन । उनै रमिना आफू माथि हुने कुरा गरे र उल्टै आफ्ना श्रीमानलाई दोष थुपार्दै पन्छिन खोजे । पुष्पको आफन्तलाई उनकी श्रीमती रमिनाले बढी शंका गर्ने गरेको र झगडा भएको बताइन ।
पुष्पको आफन्तले दुवैलाई मिलेर बस्नु भने । पुष्पले सम्झाउन कोशीस गरे, बुझाउन अनेक गरे तर उनकी श्रीमती रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन । उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन ।
तर उनकी श्रीमती रमिना भने आफुले पठाएको पैसा लिएर ब्वाइफ्रेण्डसँग घुमिरहेको थाहा पाएपछी उनलाई पुष्पले सोध्ने गर्दथे, मेरो र छोरालाई कमसेकम बुझ्नुहोस् । तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ? तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछि पुष्पलाई झन् के गरौं के नगरौको स्थितिमा पुगे ।
डेढ वर्षअघि पुष्पले पठाएको करीब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे । अनी श्रीमती रमिना सम्पर्कबिहीन बनिन । पुष्प न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन हामी माझ आइपुगेका छन् ।
पुष्पले आफ्नी श्रीमतीको खोजीकार्य गरिदिन आग्रह गरेका छन् । आफ्नो सम्पत्ति र छोरा फिर्ता गर्न गुहारेका छन् ।
पुष्पलाई परेको यो समस्या त प्रतिनिधि घटना मात्रै हा् । यी र यस्तै घटना भोगिरहेका धेरै छन् हाम्रो समाजमा । पुष्पले भ्याएस्म्मका तरिका अपनाएर श्रीमती रमिनालाई खोजे पनि भेट्टाउन सकिरहेका छैनन् ।















प्रतिक्रिया