
काठमाडौं, १४ माघ । तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ ।
धर्मस्थली प्रवेशद्वारको हिजो बिहीबार शिलान्यास गरिएको छ । प्रवेशद्वारको तारकेश्वर नगरपालिका–६ का वडाध्यक्ष मधु कार्की र उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट व्यवस्थापन गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।















प्रतिक्रिया