सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

विश्वकपको दक्षिण अमेरिकी छनोट : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

दैनिक नेपाल २०७८ माघ १४ गते ७:४२

काठमाडौं, १४ माघ । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा बराबरी खेलेको छ ।

ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । क्वेटो इक्वेडरमा बिहीबार राति भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फर्काए । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

यो बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ ।

ब्राजिलले १४ खेल खेल्दा ११ जित र ३ बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ । छनोटमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग बराबरी खेलेको थियो । इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित