८ कार्तिक २०८३, आइतबार

कालिका मन्दिरसम्म जाने बाटोमा सिँढी निर्माण शुरू

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यास (तनहुँ), १३ माघ । पर्यटकीय तथा धार्मिक महत्व बोकेको कालिका मन्दिरसम्म जाने सिँढी वाटो मर्मत कार्य शुरू भएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत व्यास नगरपालिका–१३ को पोखरीभयाङ्गमा रहेको कालिका मन्दिरसम्म जाने बाटोमा सिँढी निर्माण तथा मर्मत शुरू गरिएको हो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रू. ६ लाख विनियोजित बजेटबाट सिँढी बाटो मर्मत गरिएको अध्यक्ष नरबहादुर थापाले जानकारी दिए । करीब १ किलोमिटर सिँढी बाटो बनाउने लक्ष्य लिइएको हेरालु शिवराज कँडेलले जानकारी दिए । ‘दुई चरणमा गरेर काम गरिरहेका छौं,’ कँडेलले भने, ‘सिँढी मर्मतपछि आन्तरिक पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छौं ।’

सदरमुकाम दमौली बजारबाट नजिकै रहेको कालिका मन्दिरको उचित संरक्षण हुन नसक्दा ओझेलमा परेको छ । यसको महत्व जोगाउन पनि सिँढी मर्मत गरिएको बताइएको छ । बाटो मर्मतपछि मन्दिरसम्म जाने श्रद्धालुहरूले सहज महशुश गर्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट आएको बजेटसँगै स्थानीय जनश्रमदान समेत गरेर काम भइरहेको अध्यक्ष थापाले बताए ।