८ कार्तिक २०८३, आइतबार

भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपाल भारत मैत्री समाज विराटनगरले भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

मित्रराष्ट्र भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा हिजो बुधबार भर्चुवल तथा भौतिकरूपमा कार्यक्रम आयोजना गरिएको थियो । समाजका अध्यक्ष किरण आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष भिखम चन्द सरल अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लहकार प्राडा मेदिनिप्रसाद शर्मा तथा पूर्वध्यक्षहरू मुकेश उपाध्याय, डा. नारायण कुमारको सहभागिता थियो ।

त्यस्तै उपाध्यक्षहरू बेनिगोपाल मुन्डरा, देवकी नन्दन अग्रवाल, महासचिव जयकमल अग्रवाल, पूर्वमहासचिव महावीर ब्यास तथा सचिवहरू पशुपति नेपाल, भैरव रिजाल, शिवा उपाध्यायको पनि उपस्थिति थियो ।

त्यस्तै कार्यसमिति सदस्यहरू अनिल शाह, सुदिप रिजाललगायतको उपस्थिति कार्यक्रममा थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अध्यक्षहरूलगायतले नेपाल–भारत बहुआयामिक सम्बन्धको बिषयमा चर्चा गरेका थिए । भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा भारतका राष्ट्रपति, प्रधान्मन्त्रीलगायत भारतीय जनतालाई सो अवसरमा शुभकामना व्यक्त गरिएको आयोजकले जनाएको छ ।