सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

आहा रारा गोल्डकप २०७८ : फाइनलमा पुग्न आज आर्मी र मनाङ भीड्दै

मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

दैनिक नेपाल २०७८ माघ १३ गते ७:३७

काठमाडौं, १३ माघ । २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गर्नका लागि आज विभागीय टोली आर्मी फुटबल क्लब र मनाङ मस्याङ्दी फुटबल क्लबबीच भीडन्त हुँदै छ ।

दोस्रो सेमिफाइनल प्रतियोगिताखन्तर्गत आज बिहीबार हुने खेलमा जो विजयी हुन्छ त्यो टीमले उपाधिका लाष् िएपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न पर्ने छ ।

हिजो भएको सेमिफाइनल खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन समेत रहेको मछिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय नेपाल एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

एपीएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको हो । यसअघि एपीएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो ।

पोखरा रंगशालामा हिजो बुधबार एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे । मछिन्द्रका ओमोलाजा नुरेन करिमको बराबरी गोल खेलको नतिजा बदल्न पर्याप्त रहेन ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका थिए । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।

प्रतिक्रिया
सम्बन्धित