सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगे सेनेगल र मोरोक्को

दैनिक नेपाल २०७८ माघ १२ गते १०:०२

काठमाडौं, १२ माघ । साडियो माने प्रेरित सेनेगल र अचरफ हाकिमी प्रेरित मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सेनेगलले ९ खेलाडीमा समेटिएको केप भार्डेलाई २–० ले पराजि तगर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

क्यामरुनमा मंगलबार राति भएको खेलमा सेनेगलको जितमा साडियो माने र एमाडोउ बम्वा डिइङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । अब सेनेगलले क्वाटरफाइनलमा माली वा इक्वेटेरियल गिनियामध्येको विजेतासँग खेल्ने छ ।

त्यस्तै अर्को प्रि–क्वाटर फाइनलमा मोरोक्कोले मालावीमाथि २–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । मोरोक्कोको पूनरागमन जितमा युसुफ इन न्यास्री र अचरफ हाकिमीले गोल गरे । मालावीका गाभाडिनोको गोल सान्त्वना बन्यो ।

अब मोरोक्कोले क्वाटरफाइनलमा आइभोरी कोस्ट वा इजिप्टबीचको विजेतासँग खेल्ने छ ।

अफ्रिका कप अफ नेसन्सको अन्तिम प्रि–क्वाटर फाइनलका दुई खेल आज राति हुदैछ । आइभोरी कोस्ट र इजिप्टले राति ९ः४५ बजे प्रतिस्पर्धा गर्दा माली र इक्वेटेरियल गिनियाबीचको खेल राति १२ः४५ बजे हुने छ ।

प्रतिक्रिया
सम्बन्धित