शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

युक्रेनमा हमला भए पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने बाइडनको चेतावनी

दैनिक नेपाल २०७८ माघ १२ गते ८:५७

वाशिङ्टन, १२ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने बताएका छन् ।

पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।

रुसले चाहिँ युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहोर्‍याउँदै आएको छ । बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि ‘असाधारण परिणाम’ निम्त्याउनसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले चाहिँ ‘युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको’ आरोप लगाएको छ । यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ । त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ छन् ।

बाइडेनले युक्रेनको सीमाना पार गर्ने आक्रामक कदमले विश्वव्यापी रूपमा असाधारण परिणाम निम्त्याउने र यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुनसक्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित