८ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई भेटेर फर्किए नेता पुन, महासचिवका दाबेदार हुन्

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ। लामो समयसम्म चीनमा निमोनियाको उपचार गरी सोमबार काठमाडौं आएका माओवादी नेता बर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान भेट गरेका छन्।

पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित नेता पुन बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए। सो क्रममा उपचारमा पार्टी र अध्यक्षका तर्फबाट पहल गरेकोमा उनले धन्यवाद दिए भने प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका थिए।

पुन माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पाएका थिएनन्। उनलाई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित गराइएको छ। पदाधिकार छनौट गर्न बाँकी रहेको माओवादीमा पुनलाई महासचिवका दाबेदार मानिएको छ।

पुनलाई माओवादीको उत्तराधिकारीका रुपमा पनि हेरिएको छ। प्रचण्डपछिको नेतृत्व लिनेगरी उनी अघि बढेको बताइन्छ।