शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रियालिटी शो ‘सिङ्गर’ घोषणा, विजेताले २५ लाख रुपैयाँ नगद र कार पाउने

नेपाल नेटवर्क टेलिभिजन पनि सञ्चालनमा आउँदै

दैनिक नेपाल २०७८ माघ ११ गते ९:२१

काठमाडौं, ११ माघ । केही वर्षदेखि नेपालमा रियालिटी शोहरूको संख्या बढ्दै गएको छ ।

गायन रियालिटी शो, डान्सिङ्ग रियालिटी शो, कमेडी रियालिटी शोहरु चलिरहेका छन् । यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो शुरू हुने भएको छ, ‘सिङ्गर’ रियालिटी शो ।

सोल फुल भ्वाइस नामक रियालिटी शोले अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने उद्देश्यसहित यो शो गर्ने तयारी गरेको हो । फ्रेन्चआइज रियालिटी शोहरूको दबदबा चलिरहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालिका सञ्चालक श्याम धितालले जानकारी दिए ।

उनका अनुसार भाषाको दायरा तोडेर एक परिचित गायक गायिकालाई नेपालमा चलिआएका प्रमुख छ भाषासहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’ । विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमसम्म पाउने उनले जानकारी दिएका छन् ।

नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरूले शोमा भाग लिन सक्ने छन् । ‘नेपाल नेटवर्क टेलिभिजन’को शुभारम्भसँगै प्रशारण शुरू गरिने रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए ।

‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँ वर्षको अवसर पारेर वैशाखबाट प्रशारण शुरू गरिने बताइएको छ । फ्रेन्चआइज रियालिटी शोहरूले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित