शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सेमिफाइनलमा पुग्यो मछिन्द्र, साविक विजेता क्वार्टरफाइनलमै पराजित

आज त्रिभुवन आर्मी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदै

दैनिक नेपाल २०७८ माघ ११ गते ७:५३

टीम मछिन्द्र

काठमाडौं, ११ माघ । साविक विजेता संकटा क्लबमाथि सानदार जित निकाल्दै मछिन्द्र फुटबल क्लब २०औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे । संकटाका गणेश हमालले एक गोल फर्काएका थिए ।

अब मछिन्द्रले फाइनल प्रवेशका निम्ति भोलि बुधबार एपिएफसँग खेल्ने छ । प्रतियोगिता अन्तर्गत आज मंगलबार अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित