८ कार्तिक २०८३, आइतबार

नेपालमा ८२ हजार बढी सक्रिय कोरोना संक्रमित, उपत्यकामा मात्रै ५२ हजार बढी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १६ हजार ६५४ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ५४७ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ३३ हजार ६२६ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना पुगेका मन्त्रालयले जनाएको छ । जसमध्यै काठमाडौँ उपत्यकामा मात्रै ५२ हजार बढी रहेका छन् ।

काठमाडौँमा ३८ हजार ५८१, ललितपुरमा ९०५१ र भक्तपुरमा ५२१० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।