बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ललितपुर महानगरमा बन्द गरियो अत्यावश्यकबाहेकका सेवा

दैनिक नेपाल २०७८ माघ १० गते ९:४८

ललितपुर, १० माघ । महानगरका कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवम् होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो । आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको बताइएको छ ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित