शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

जीवन, अञ्जना र अमिषा फिचर्ड ‘तिम्रो याद’को दमदार म्युजिक भिडियो सार्वजनिक

दैनिक नेपाल २०७८ माघ १० गते ८:४४

काठमाडौं, १० माघ । फरक शैलीको गीत ‘तिम्रो याद’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिरेन रसाइलीको स्वर रहेको गीतमा संगीत गायक तथा संगीतकार सीडी विजय अधिकारीको संगीत छ । त्यस्तै दिलिप घिमिरेको शब्द रहेको गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड गरिएका छन् । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित