२ कार्तिक २०८३, सोमबार

समीक्षा र नरहरिको स्वरमा सेन्टिमेन्टर गीत ‘मेरो जस्तो माया’ भिडियोसहित सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । पछिल्लो समयकी चर्चित अनि भाइरल गायिका समीक्षा अधिकारी तथा लोकप्रिय गायक संगीतकार नरहरि प्रेमीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया’ म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

नेपाली, भोजपुरी, हिन्दी, मैथली र तामाङलगायत थुप्रै भाषा तथा विभिन्न जनरा, लोक, आधुनिक, डान्सिङ, हिपहपलगायत गीतहरुमा आफ्नो स्वरको जादु छरिसकेका गायक नरहरि प्रेमीका लागि यो सेन्टिमेन्टल गीत नौलो त होइन् तर पनि गायक प्रेमीले अहिलेका युवायुवतीले मन पराउने तरिकाले गायकीमा केही फरक दिने कोशिस गरेको बताएका छन् ।

प्रायः लोकदोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समीक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाइन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समीक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर उनका लोकदोहोरी शैलीका गीतहरु अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, संगीतकारहरुले यी शैलीका गीतहरु अलि बढी अफर गर्छन् ।