
काठमाडौँ, ९ माघ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार (भोलि) १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।












प्रतिक्रिया