८ कार्तिक २०८३, आइतबार

आज देशभरका न्यायालयहरू बन्द रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज आइतबार देशभरका न्यायालयहरू बन्द रहने भएका छन् ।

सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश शर्माको शोकमा आइतबार जिल्ला, उच्च तथा सर्वोच्च अदालतसहित न्यायालयहरु बन्द रहने बताएको छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार निधन भएको थियो । परिवारका विदेशमा रहेका सदस्यहरु काठमाडौं आएपछि शर्माको हिजो शनिबार अन्त्येष्टि गरिएको थियो ।

स्वर्गीय शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।