८ कार्तिक २०८३, आइतबार

मधेस प्रदेशको राजपत्रबाट हटाइयो नेपालको ‘चुच्चे नक्सा’, अब के हुन्छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । मधेश प्रदेशको राजपत्रमा नेपालको नयाँ अद्यावधिक अर्थात् ‘चुच्चे नक्सा’ हटाइएको छ ।

प्रदेश नम्बर २ ले नयाँ नाम र राजधानी पाएसँगै प्रकाशित गरिएको सो प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ को स्थानमा पुरानै नक्सा प्रयोग गरिएको हो ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई नर्ष बढी भइसकेको छ ।

तर, माघ ३ गतेदेदि लागू हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गर्दै त्यसलाई सच्याएर अर्को राजपत्र प्रकाशित गर्ने बताएका छन् ।