शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वियोगको कथा लिएर आयो ‘को होला त्यो–२’ को फिमेल भर्सन, पल र कृष्टिना फिचर्ड

दैनिक नेपाल २०७८ माघ ९ गते ७:५४

काठमाडौं, ९ माघ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो–२’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङको स्वर रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आँफूले औधि माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन् ।

नयाँ–नयाँ लोकेशनमा आफ्ना एकपछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले ‘तिमी आउँछौ की’मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने दाबी गरेका छन् । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित