शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

दैनिक नेपाल २०७८ माघ ९ गते ७:४०

मलेसिया, ९ माघ । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ ।

पूर्व प्रधानमन्त्री महाथिरको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले जानकारी दिएको समाचारहरूमा जनाइएको छ ।

९६ वर्षीय महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको समाचारमा उल्लेख छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् ।

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो । महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा बिताएका थिए ।

पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उनलाई पटकपटक हृदयघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित