आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

हामीले बिरालो बाँधेर श्राद्ध कहिलेसम्म गरिरहने ?

दैनिक नेपाल २०७८ माघ ९ गते ७:३६

काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट मात्रै नहेर्न राजनीतिक दलहरूलाई सुझाव दिएका छन् ।

उनले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको भन्दै निर्वाचनमा हुने समयको खर्चकोबारे पुनर्विचार गर्न पनि सुझाव दिएका छन् ।

दलहरूले तीनै तहका निर्वाचन एक साथ गर्नेबारे पनि छलफल गरिरहेका बेला डा. भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो होः ३ चरणका स्थानीय तहका कार्यकाल वैशाखरजेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस–माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ? बिरालो बाँधेर श्राद्ध गरिरहने ?’

प्रतिक्रिया
सम्बन्धित