आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

संविधानको भावना र मर्मअनुसार तीनै तहको निर्वाचन समयमै हुनुपर्छ : सिंह

दैनिक नेपाल २०७८ माघ ९ गते ७:२४

फाइल तस्वीर

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका छन् ।

चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’को लोकार्पणपछि पत्रकारहरूले राखेका जिज्ञासामा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका हुन् ।

संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्ने बताए। संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो ।

‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरु मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’

प्रतिक्रिया
सम्बन्धित