बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

राप्रपालाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको पत्र

दैनिक नेपाल २०७८ माघ ८ गते २०:५९

काठमाडौँ, ८ माघ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र लेखेको छ ।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन पत्र लेखेको हो ।

आयोगले यो वाक्यांश संविधानको भावनाविपरीत भएकोले हटाउनुपर्ने उल्लेख गरेको छ ।

यसअघि पनि आयोगले राप्रपालाई निर्देशन गरेको थियो । तर आफ्नो पार्टीको मूल मर्म यही भएको जिकिर गर्दै हटाउन अस्वीकार गरेको थियो ।

राप्रपाका पूर्वअध्यक्षले आयोगले यस्तो पत्र लेख्नु प्रजातन्त्रको विरोध भएको बताएका छन् ।

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष, साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित