मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सिके राउतको पार्टीलाई जसपाले दियो चेतावनी

दैनिक नेपाल २०७८ माघ ८ गते १९:४६

काठमाडौँ, ८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

वुधबार रौतहटको गौरमा कार्यक्रमका लागि जान लाग्दा मन्त्री यादवलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए । त्यही आक्रोशमा मन्त्री यादवले राउतलाई मार्ने धम्की दिएकी थिइन् । अभिव्यक्तिकै कारण उनको बर्खास्त तथा राजीनामाको माग गरिएको छ ।

तर, जसपाले शनिबार विज्ञप्ति जारी गर्दै वुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाउँदै त्यस्ता कार्य नगर्न चेतावनी दिएको छ ।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नथर्न सचेत गराइन्छ ।’

प्रतिक्रिया
सम्बन्धित