बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लता मंगेशकर अझै आइसीयुमै

दैनिक नेपाल २०७८ माघ ८ गते १९:०५

काठमाडौँ, ८ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको अझै आइसियुमै रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्यमा केही सुधार आएको भएपनि उनी केही समय इन्टेन्सिभ केयर युनिटमै रहनुपर्ने उनी उपचाररत मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालले जनाएको हो ।

हल्का लक्षणसहित ८ जनवरीमा ९२ वर्षीया लता मंगेशकर कोरोनाद्वारा संक्रमित पाइएकी थिइन् । त्यसपछि उनलाई दक्षिणी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

लता मंगेशकरको स्वास्थ्यको विषयमा पछिल्लो जानकारी दिँदै अस्पतालका असोसिएट प्राध्यापक डाक्टर प्रतीत सामदानीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘उनको स्वास्थ्यमा सुधार छ । उनी आइसीयूमा छिन् । उनी कति दिनसम्म अस्पतालमा भर्ना हुनेछिन् भनेर जानकारी दिन मुश्किल छ ।’

प्रतिक्रिया
सम्बन्धित