शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

देउवाको सम्बोधन सरकारको लाज छोप्ने अन्तिम हतियारः महेश बस्नेत

दैनिक नेपाल २०७८ माघ ८ गते १८:२४

काठमाडौँ, ८ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले यस्तो बताएका हुन् । उनले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताएका छन् ।

बस्नेतले भनेका छन्, ‘परमादेशबाट बनेको वर्तमान सरकारले आफ्नो ६ महिने कार्यकालको समिक्षा गर्दै हिजो देश र जनताको नाममा जारी प्रधानमन्त्रीको सम्बोधन सुन्दा अहिलेको सरकार प्रचण्ड पथमा हिडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले आफ्नो लाज छोप्ने अन्तिम हतियारको रुपमा हिजोको सम्बोधनलाई उपयोग गर्न खोजेको देखिन्छ ।’

अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको बताए ।

उनले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट ‘यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा छैन’ भन्ने कुरा अझै प्रस्ट भएको बताए । उनले अग्रगमनको कुरा हाँक्ने अनि समयमै गर्नुपर्ने निर्वाचन पछि धकेल्न षडयन्त्र गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

नेता बस्नेतले वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको, जालसाजी र षडयन्त्रबाट आफ्नो अवैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको बताए ।

नेता बस्नेतले सर्वदलीय बैठकको नाउँमा ६ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाए । उनले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा नरहेको प्रस्ट भएको बताए ।

नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको बताए । अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट गुज्रिरहेको उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित