८ कार्तिक २०८३, आइतबार

ह्वात्तै बढ्यो कोरोनाका कारण मृत्युदर, के गर्दैछ सरकार ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, ८ माघ । नेपालमा शनिबार थप १० हजार २५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केही हप्तादेखि ह्वात्तै बढेको संक्रमण शनिबार मृत्युदर समेत बढेको छ । शुक्रबार कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको थियो । तर शनिबार एकै दिन १६ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

उता सरकारले स्मार्ट लकडाउन भने पनि कुनै पनि क्षेत्रमा अनुगमन तथा प्रभावकारी कार्यान्वयन भएको देखिदैन । त्यस्तै, शनिबार विहानदेखि सवारी यातायातमा जोरबिजोर प्रणाली लागु गरेपनि यात्रुहरु खचाखच देखिएका छन् । जसले गर्दा संक्रमण झनै भयावह बन्दै गएको छ ।

त्यस्तै, अहिले देशभर ७२ हजार भन्दा सक्रिय संक्रमितहरु रहेको अवस्था छ । उनीहरुमध्ये अधिकांश होम आइसोलेसनमा छन् । जसले गर्दा परिवारका अन्य सदस्य तथा गाउँघरमा पनि संक्रमण त्रास बढेको छ ।

उता स्वास्थ्य विज्ञहरुले ट्रेण्ड ब्रेक गर्न ४ साता लकडाउनको सुझाव दिएका भए पनि सरकारले बेवास्ता गरेको छ ।

अहिलेको यो परिस्थितीलाई नियाल्ने हो भने छोटो समयको लकडाउन अनिवार्य देखिन्छ ।

त्यस्तै, आम नागरिक नै अत्यन्तै संवेदनशील र सजग हुनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले अब आफ्ना जिम्मेवारीहरुबाट खुट्टा झिकेको अवस्था छ । तसर्थ आफ्ना जिम्मेवारी आफैँले सचेत भएर नागरिकहरुले लिन आवश्यक छ ।

जसको अर्थ हुन्छ आफू अत्यन्तै संवेदनशील भएर सजग हुँदै बच्ने अनि अरुलाई संक्रमण हुनबाट बचाउने । अन्यथा स्थिति अकल्पनीय हुनसक्छ । जीवन रहे बाँकी फेरि हासिल हुनेछन् ।