आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना भएपछि सेवा बन्द

दैनिक नेपाल २०७८ माघ ८ गते १४:५२

धनगढी, ८ माघ । जिल्ला प्रशासन कार्यालय कैलालीका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि देखिएको छ ।

२३ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको परीक्षण गराउँदा १५ जनामा पोजेटिभ देखिएको सूचना अधिकारी शिवराज जोशीले जनाएका छन् ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जनाएको छ ।

त्यस्तै, अन्य कर्मचारीहरुमा पनि लक्षण देखिएकाले परीक्षण गराउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित