आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पूर्वप्रधानन्यायाधीशको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द

दैनिक नेपाल २०७८ माघ ८ गते १४:३७

काठमाडौँ, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् ।

गत वुधबार पूर्वप्रधानन्यायाधीश शर्माको निधन भएको थियो ।

विदेशबाट परिवारका सदस्य आएपछि उनको शनिबार अन्त्योष्टि गरिएको छ ।

शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरेर आइतबार देशभरका न्यायालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।

सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित