शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

द ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले गरिन् वर्ल्डटप

दैनिक नेपाल २०७८ माघ ८ गते ९:४९

काठमाडौं, ८ माघ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजमा एसोसयिसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट् (एसीसीए) अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन् ।

उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्ण योग्य सदस्यहरु रहेका छन् ।

विश्वभरका लाखौं विद्यार्थीहरूलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएको कलेजले जानकारी दिएको छ ।

एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले उनको तारफि गर्दै भने, ‘हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागि पनि यो गर्वको कुरा हो ।’ आफूहरूले नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका दाबी उनको छ ।

त्यस्तै रिया हाम्रो कलेजको दोस्रो विश्व टपर भएको उनले जानकारी दिएका छन् । अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउनेमा आफूहरू विश्वस्त रहेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित