८ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगार बोर्डले शव ढुवानीबाहेकका सबै सेवा बन्द गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । वैदेशिक रोजगार बोर्डको सचिवालयले अत्यावसेक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बिहीबार जारी भएको आदेश अनुसार बोर्डको सचिवालयले अत्यावसेक (शव ढुवानी) बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको हो ।

सचिवालयको विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई समेत कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका कारण शव ढुवानी बाहेकका सबै सेवा बन्द गर्ने लागिएको सचिवालयले जनाएको छ ।

सबै सेवा तथा सुविधा माघ ९ गतेबाट अर्को सूचना नआएसम्मका लागि बन्द हुने छन् ।