शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रियल म्याड्रिडका भेट्रान डिफेन्डर मार्सेलोलाई लाग्यो तीन खेलमा प्रतिबन्ध

दैनिक नेपाल २०७८ माघ ८ गते ७:५३

काठमाडौं, ८ माघ । स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन भेट्रान डिफेन्डर मार्सेलोलाई तीन वटा खेल खेल्न नपाउनेगरी प्रतिबन्ध लागेको छ ।

खेलको प्रतिबन्धसँगै २२५० युरो जरीवाना समेत उनलाई गरिएको छ । मार्सेलोले कोपा डेल रे अन्तरगतको प्रि–क्वाटरफाइनलमा इल्चेविरुद्ध सिधै रातो कार्ड पाएका थिए ।

रोयल स्पेनिस फुटबल फेडेरेसन (आरइएफएफ) अन्तर्गत कोपा डेल रेको कमिटिले ३३ वर्षीय मार्सेलोलाई तीन खेलको प्रतिबन्धसँगै २२५० युरो जरीवाना सुनाएको हो । सिधै रातो कार्डका लागि एक खेलको निलम्वन र रेफ्रीलाई ‘तिमी खराव छौं’ भनेर दिएको प्रतिक्रियाका लागि अर्को दुई खेलको प्रतिबन्ध सुनाइएको हो ।

यससँगै उनले एथलेटिको बिल्वाओविरुद्धको एक खेलसँगै सम्भावित सेमिफाइनलको दुई दुवै लेग गुमाउने छन् । यो कोपा डेल रेमा मात्रै लागू हुने छ । २२५० युरोमध्ये १३०० युरो रेफ्रीमाथिको प्रतिक्रियाको लागि हो । यस्तै इल्चेका पेरे मिलालाई पनि एक खेलको प्रतिबन्ध सुनाइएको छ ।

उक्त खेलमा रियल म्याड्रिडले अतिरिक्त समयमा २–१ को जित निकालेको खेलमा मार्सेलोले १०२औं मिनेटमा सिधै रातो कार्ड खाएको थियो । मोजिकामाथि फउल गरेको भन्दै उनलाई सिधै रातो कार्ड देखाउँदा मार्सेलोले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए ।

गत सिजनदेखि नै मार्सेलोले रियलको पहिलो टोलीमा पर्न संघर्षरत छ । तर, मार्सेलोले इल्चेविरुद्धको खेलमा मार्सेलोलाई पहिलो रोजाईमै मौका दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित