८ कार्तिक २०८३, आइतबार

निर्वाचनको मितिबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

आज शनिबार शनिबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी छ । हिजो शुक्रबार सत्तारुढ राजनीति समन्वय समितिको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्नेबारे छलफल गरेको थियो ।

समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी हुने बताइएको छ । यसअघि देउवाले बोलाएको सर्वदलीय बैठकमा भने प्रमुख विपक्षी दल एमाले सहभागी थिएन ।